कोपा अमेरिका फुटबलमा ब्राजिलको फराकिलाे जित 

पेरु ४–० गोलले स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 919 पटक हेरिएको

हाइलाइट्स

उता, कोपा अमेरीका कपमा कोलम्बिया भेनेजुयलासँग बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा कोलम्बियाले केहि सुनौला अवसर गुमाउँदा भेनेजुयलासँग गोलरहित बराबरीमा चित्त बुझायो । 

ब्राजिलले कोपा अमेरीकामा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा ब्राजिलले पेरुलाई चार शुन्यले हरायो । यो जितपछि ब्राजिल दुई खेलमा ६ अंक बनाउँदै समुहको शिर्ष स्थानमा उक्लिएको छ । 

समुह बी अन्तर्गत भएको खेलको १२ औं मिनेटमा नै लोबो सिल्भाको गोलमा ब्राजिलले अग्रता बनायो । उनले गाब्रियल जिससको पासमा गोल गरेका थिए । 

त्यसपछि पनि चार वटा सुन्दर अवसर पाएको ब्राजिलले गोल थप्न नसकेपछि पहिलो हाफमा एक शुन्यको अग्रता कायम राख्यो । 

दोस्रो हाफमा भने ब्राजिलले ३ गोल गर्यो । उसका लागि खेलको ६८ औं मिनेटमा नेयमारले गोल गरे । उनले फ्रेइडको पासको सदुपयोग गरेका थिए । 

खेलको ८९ औं मिनेटमा ब्राजिल खेलमा तीन शुन्यले अगाडी रह्यो । उसका लागि डी बारोस रिबेरियोले गोल गरे । उनले रिचार्डसनको पासको सदुपयोग गरेका थिए । 

खेलको इन्जुरी समयको चौथो मिनेटमा ब्राजिलले रिचार्डसनको गोलमा खेलमा चार शुन्यको बढत बनायो । उसका लागि रिचार्लिसनले गोल गर्न सफल भए ।

त्यसपछि पेरु खेलमा फर्कन सकेन र ब्राजिलले तीन अंक हात पार्यो । जितसँगै ब्राजिलले दुई खेलमा ६ अंक बनाएको छ । कोलम्बियाको समान खेलमा चार अंक छ । पेरु पहिलो खेलमा नै हार ब्यहोर्न बाध्य भयो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey