२३ वटा प्रहार गर्दापनि गाेल गर्न नसक्दा काेलम्बिया भेनेजुएलासँग बराबरीमा राेकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 729 पटक हेरिएको

हाइलाइट्स

पुरै खेलमा कोलम्बियाले २३ वटा पोष्ट चार्ज गरेपनि गोल भने गर्न सकेन । यो बराबरीपछि कोलम्बियाले दुई खेलमा चार अंक बनाएको छ । 

कोपा अमेरीका कपमा कोलम्बिया भेनेजुयलासँग बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा कोलम्बियाले केहि सुनौला अवसर गुमाउँदा भेनेजुयलासँग गोलरहित बराबरीमा चित्त बुझायो । 

खेलको दोस्रो मिनेटमा नै मेट्स युरिवेको प्रहार पोष्टको नजिकैबाट बाहिरीएको थियो । चौथो मिनेटमा डुभान जापटाको प्रयासपनि भेनेजुएलाका गोलकिपर फारिनेजले बचाए । 

२८ औं मिनेटमा भेनेजुएलाको लुइस डेल पिनोको प्रहारपनि फ्रेममा रहन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमबाट उत्कृष्ट प्रहार हुन सकेन । 

खेलको अन्तिममा कोलम्बिया १० खेलाडीमा झर्न पुग्इो । उसका लुइस डियासले रातो कार्ड पाएका थिए । 

पुरै खेलमा कोलम्बियाले २३ वटा पोष्ट चार्ज गरेपनि गोल भने गर्न सकेन । यो बराबरीपछि कोलम्बियाले दुई खेलमा चार अंक बनाएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey