Mega Bank

टेष्ट च्याम्पियनसिपकाे फाइनल आजबाट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 256 पटक हेरिएको

हाइलाइट्स

खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुने छ । २ वर्षसम्म चलेको टेस्ट च्याम्पियनसीपका शीर्ष दुई स्थानमा रहेका टिम भारत र न्यूजिल्याण्ड उपाधिका लागि खेल्न लागेका हुन । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पहिलो पटक आयोजना गरेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजदेखि शुरु हुँदैछ। 

इंग्ल्याण्डको साउथह्याम्पटनमा हुने फाइनलमा न्यूजिल्याण्ड र भारत आमनेसामने हुनेछन् ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुने छ । २ वर्षसम्म चलेको टेस्ट च्याम्पियनसीपका शीर्ष दुई स्थानमा रहेका टिम भारत र न्यूजिल्याण्ड उपाधिका लागि खेल्न लागेका हुन । 

पछिल्लो छ महिनामा भारतले अस्ट्रेलिया र इंग्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

न्यूजिल्याण्डले हालै इंग्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित गरेकाले फाइनलमा पक्कै पनि फाइदा पुग्ने छ ।  

न्यूजिल्याण्डका डेवोन कानवे उत्कृष्ट फर्ममा रहेका छन् भने बलरहरु पनि उत्कृष्ट लयमै रहेकाले भारतमाथि हावी हुने आंकलन गरिएको छ।

भारतको हतियार भनेको यसपटक स्पिन बल हुने पनि आंकलन गरिएको छ । 

फाइनल खेलका लागि एक दिन अगाडी नै भारतले सुरुवाती ११ काे सार्वजनिक गरिसकेकाे छ । 

भर्खरै

Advertisement