ओसाकाले विम्बल्डन टेनिस नखेल्ने

Kelmi

  • |
  • २०७८-०३-०४
  • |
  • 974 पटक हेरिएको

हाइलाइट्स

चार पटककी ग्राण्डस्लाम विजेता ओसाकाले आफु परिवार र साथीहरुसँग केहि समय विताउने भन्दै विम्बल्डन नखेल्ने निर्णय गरेकी छिन । तर उनले टोकियो ओलम्पिकमा भने कमब्याक गर्ने योजना रहेको बताएकी छिन । 

जापानी खेलाडी नाओमी ओसाकाले विम्बल्डन टेनिस नखेल्ने भएकी छिन । यहि साता सम्पन्न फ्रेन्च ओपन टेनिसमा विचमा नै प्रतियोगिता छोडेकी ओसाकाले बेलायतमा हुने विम्बल्डन प्रतियोगिता नखेल्ने निर्णय गरेकी छिन । 

चार पटककी ग्राण्डस्लाम विजेता ओसाकाले आफु परिवार र साथीहरुसँग केहि समय विताउने भन्दै विम्बल्डन नखेल्ने निर्णय गरेकी छिन । तर उनले टोकियो ओलम्पिकमा भने कमब्याक गर्ने योजना रहेको बताएकी छिन । 

२३ बर्षे ओसाकाले डिप्रेसन र एन्जाइटीका कारण टेनिसबाट केहि समय आराम लिएकी हुन । विश्व बरियतामा दोस्रो स्थानमा रहेकी ओसाकाले टोकियो ओलम्पिकमा घरेलु समर्थक अगाडी खेल्न निकै आतुर रहेको बताएकी छिन । 

फ्रेन्च ओपन टेनिसका बेला पत्रकार सम्मेलनमा सहभागि नभएको भन्दै उनलाई आयोजकले १५ हजार डलर जरिवाना लगाएकी थिइन । त्यसपछि आयोजकले पत्रकार सम्मेलन बहिस्कार गरेमा कारवाही गर्ने निर्णयगरेपछि उनले विचमा नै प्रतियोगिता छोडेकी थिइन । 

विम्बल्डनका लागि भने आयोजकले उनलाई खेल्नका लागि आग्रह गरेका थिए । तर उनले खेल्नका लागि इच्छा नदेखाएकी हुन । फ्रेन्च ओपन र विम्बल्डन विचको दुई साताको ब्रेकले उनलाई कुनै आराम गर्ने मौका नभएको बताएकी छिन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal