यूएस ओपन टेनिसमा सतप्रतिशत दर्शक राखिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1005 पटक हेरिएको

हाइलाइट्स

कोरोना भाइरसपछि पहिलो पटक अमेरीकामा क्षमता अनुसार दर्शक राखेर प्रतियोगिता हुने भएको हो । कोरोनाकै विचमा पनि आयोजना भएको यूएस ओपन सो बेला बन्द रंगशालामा भएको थियो । 

अमेरीकाको न्युयोर्कमा हुने यूएस ओपन टेनिसमा सतप्रतिशत दर्शकलाई प्रवेश गराइने भएको छ । विहिबार प्रतियोगिताका आयोजकले विज्ञेप्ती जारी गर्दै आगामी संस्करणमा कोर्टको क्षमता अनुसार समर्थक राख्ने बताएको छ । 

कोरोना भाइरसपछि पहिलो पटक अमेरीकामा क्षमता अनुसार दर्शक राखेर प्रतियोगिता हुने भएको हो । कोरोनाकै विचमा पनि आयोजना भएको यूएस ओपन सो बेला बन्द रंगशालामा भएको थियो । 

त्यसपछि भएका अष्ट्रेलियन र फ्रेन्च ओपनमा सिमित दर्शकलाई राखिएको थियो भने विम्बल्डनको सेमिफाइनल र फाइनलमा पुर्ण दर्शक राख्ने बताइएको छ । 

तर यूएस ओपनको हरेक खेलमा सतप्रतिशत दर्शकलाई राख्ने भएको छ । अगष्ट ३० बाट सुरु हुने प्रतियोगिता पुर्ण क्षमतामा दर्शक राखेर हुने कोरोनापछि पहिलो हुनेछ । 

खेलमा क्षमता अनुसार दर्शक राख्न पाउने हुँदा निकै खुसी लागेको आयोजकले बताएका छन । प्रतियोगिताका लागि टिकटको बिक्रि जुलाई १५ बाट सुरु हुनेछ । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal