इरिक्सनकाे सपाेर्टमा खेलकाे बिचमा नै एक मिनेट ताली

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1358 पटक हेरिएको

हाइलाइट्स

खेल जारी भइरहेका बेला १० औं मिनेटमा खेल रोकेर सबै खेलाडी, समर्थकले एरिक्सनको सपोर्टमा ताली बजाएका थिए । 

युरो कप फुटबल अन्तर्गत बेल्जियम र डेनमार्कको खेलको १० औं मिनेटमा खेल रोकेर डेनीस स्ट्राइकर क्रिस्टियन एरिक्सनको सपोर्टमा एक मिनेटसम्म तालि बजाएका छन । 

खेल जारी भइरहेका बेला १० औं मिनेटमा खेल रोकेर सबै खेलाडी, समर्थकले एरिक्सनको सपोर्टमा ताली बजाएका थिए । फिनल्याण्डविरुद्धको खेलमा शनिबार कोपनहेगनमा कार्डिक अट्याक आएपछि मैदानमा नै बेहोस भएका थिए । जसका कारण उनी अहिलेपनि अस्पतालमा उपचार गराइरहेका छन । 

इरिक्सनले लगाउने १० नम्वर जर्सीलाई पनि मैदानमा राखिएको थियो । यसमा बेल्जियमका समर्थकले पनि इरिक्सनको सपोर्टमा विभिन्न फ्लेक्स ल्याएका थिए । 

यस्तै ठूलो क्यानभासपनि देखाइएको थियो । इरिक्सनको सपोर्टमा बेल्जियमका खेलाडीले पनि साथ दिएका थिए । बेल्जियम टिमका धेरै खेलाडी अहिले पनि इरिक्सनसँग क्लव फुटबल खेल्ने गर्छन । त्यसमा इन्टर मिलानबाट रोमेलु लुकाकुले खेल्ने गर्छन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal