मिताली राज र झुलन गोस्वामीले कुम्बले, द्रविड र गांगुलीको रेकर्ड तोडे 

भारतमा सचिनमा अगाडि 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1070 पटक हेरिएको

हाइलाइट्स

  • मिताली र झुलनले पहिलो टेस्ट १४ जनवरी २००४ मा खेलेका थिए ।
  • मितालीले १९९९ देखि भारतका लागि एक दिवसीय क्रिकेट पनि खेल्दै आएकी छिन् ।
  • बेरा बर्ट र मेरी हाइड सर्वाधिक समय टेस्ट करियरमा विताउने खेलाडी ।

भारतीय महिला क्रिकेट टिम यतिबेला इंग्ल्याण्ड भ्रमणमा रहेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने पुरुष टिम र भारतीय महिला टिमसँगै इंग्ल्याण्ड गएका थिए । इंग्ल्याण्डमा भारतीय महिला टिम घरेलु टोलीसँग टेस्ट म्याच खेलिरहेको छ ।

१६ जुनदेखि शुरु भएको यो टेस्टमा भारतीय महिला टिमकी सिनियर खेलाडी मिताली राज र झूलन गोस्वमीले रेकर्ड बनाएका छन् । इंग्ल्याण्डविरुद्ध मैदानमा उत्रिएपछि उनीहरुले अनौठो रेकर्ड आफ्नो नाममा बनाएका हुन् ।  

मिताली र झूलन भारतका लागि सर्वाधिक टेस्ट क्रिकेट खेल्ने खेलाडीको रुपमा दर्ज भएका हुन् । यसमा उनीहरुले पुरुष खेलाडीलाई पनि पछि पारेका छन् । यो रेकर्ड यसअघि अनिल कुम्बले, राहुल द्रविड र सौरब गांगुलीको नाममा रहेको थियो । भारतीय क्रिकेटरहरुको समग्रमा कुरा गर्ने हो भने अब सचिन तेन्दुलकर मात्रै सर्वाधिक टेस्ट खेलेका खेलाडीको शीर्ष स्थानमा छन् ।

मिताली र झुलनले आफ्नो पहिलो टेस्ट १४ जनवरी २००४ मा खेलेका थिए । यी दुई खेलाडी इंग्ल्याण्डविरुद्धको जारी प्रतियोगिता पनि खेलेरिहेका छन् । यो सँगै उनीहरुको टेस्ट क्रिकेट करियर १९ वर्ष १५४ दिन भएको छ ।

यस्तै मितालीले १९९९ देखि भारतका लागि एक दिवसीय क्रिकेट पनि खेल्दै आएकी छिन् । महिला क्रिकेटरमा सर्वाधिक लामो समयदेखि भारतका लागि खेल्ने रेर्कर्ड भने मितालीको नाममा रहेको छ ।  उनले एक दिवसीयमा ७ हजार ९८ रन बनाएकी छिन् भने  झुलने एक दिवसीय क्रिकेटमा सर्वाधिक २३३ विकेट लिएर विश्व कीर्तिमान पनि बनाएकी छिन् ।

भारतका लागि सर्वाधिक लामो टेस्ट करियरको कुरा गर्दा अनिल कुम्बलेले १८ वर्ष ८८ दिन खेल्दा द्रविडले १५ बर्ष २२२ दिन र सौरब गांगुलीले १२ बर्ष १४३ दिन रहेको थियो ।

महिला विश्व टेस्ट क्रिकेटमा न्यूजिल्याण्डकी वेरा बर्ट र इंग्ल्याण्डकी मेरी हाइड यी दुई खेलाडीले सर्वाधिक टेस्ट करियर विताएका छन् । बर्टले २० बर्ष ३३५ दिन र हाइडले १९ वर्ष २११ दिन टेस्ट करियर विताइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey