Mega Bank

विश्व टेस्ट च्याम्पियनसिपकाे फाइनल खेल शुक्रबारदेखि

उपाधिका लागि भारत र न्यूजिल्याण्ड खेल्दै

Kelme Nepal
  • |
  • २०७८-०३-०३
  • |
  • 290 पटक हेरिएको

हाइलाइट्स

  • फाइनल खेल साउथह्याम्पटनमा शुक्रबार दिउँसाे सवा ३ बजे शुरुहुने छ ।
  • म्याचकाे हरेक दिन पानी पर्ने आंकलन गरिएकाे छ ।
  • फाइनलमा रिजर्भ डे पनि राखिएकाे छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पहिलो पटक आयोजना गरेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल शुक्रबारदेखि शुरुहुँदै छ। 

इंग्ल्याण्डको साउथह्याम्पटनमा शुरुहुने फाइनलमा न्यूजिल्याण्ड र भारत आमने सामने हुने छन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुने छ । २ वर्षसम्म चलेको टेस्ट च्याम्पियनसीपका शीर्ष दुई स्थानमा रहेका टिमबीच आगामी २२ तारिखसम्म फाइनल हुने छ ।

पछिल्लो छ महिनामा भारतले अस्ट्रेलिया र इंग्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

न्यूजिल्याण्डले हालै इंग्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित गरेकाले फाइनलमा पक्कै पनि फाइदा पुग्ने छ ।  

न्यूजिल्याण्डका डेवोन कानवे उत्कृष्ट फर्मममा रहेका छन् भने बलरहरु पनि उत्कृष्ट लयमै रहेकाले भारतमाथि हावी हुने आंकलन गरिएको छ।

भारतको हतियार भनेको यसपटक स्पिन बल हुने पनि आंकलन गरिएको छ ।

भर्खरै

Advertisement