नामिबियामा काेराेना संक्रमणदर बढ्दा खेलाडीमा पनि पाेजेटिभ देखियाे, नेपालकाे तयारी आइतबारबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1431 पटक हेरिएको

हाइलाइट्स

नामिबियामा कोभिडको संक्रमणदर बढेपछि दुई साताका लागि लकडाउन नै लगाइएको छ । तर यसले प्रतियोगितामा कुनै असर नगर्ने संभावना रहेको छ । 

नेपालले स्पेनमा खेल्ने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग टु खेल्ने तयारीमा रहेको नामिविया टिमका केहि खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ ।  लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड विरुद्धको सिरिजको तयारी अगाडी नामिविया टिमका केहि खेलाडीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

पछिल्लो पटक नामिबियामा कोरोनाको संक्रमणदर बढेको र राष्ट्रिय टिमका केहि खेलाडीलाई पनि कोरोना देखिएको बताइएको छ । नामिबियामा कोभिडको संक्रमणदर बढेपछि दुई साताका लागि लकडाउन नै लगाइएको छ । तर यसले प्रतियोगितामा कुनै असर नगर्ने संभावना रहेको छ । 

अहिलेको योजना अनुसार प्रतियोगिता जुलाईको तेस्रो साता हुने भनिएको थियो । तर एकिन मिती भने आइसकेको थिएन । प्रतियोगिताका लागि नेपालले संभावित टिमको नाम पठाइसकेको र केहि दिनमा नै बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो ।

नेपाली टिमले आइतबारबाट आधिकारीक रुपमा बन्द प्रशिक्षण गर्ने बताइएको छ । यसका लागि नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरपनि नेपाल आइसकेका छन । यता स्पेन जान अगाडी नेपाली क्रिकेट टिमले बैदेशिक प्रशिक्षणमा जाने र अभ्यास खेल खेल्ने पनि योजना बनाइसकेको छ । श्रीलंकाबाट सोमबार नेपाल आएका प्रशिक्षक ह्वाटमोरको विहिबार पीसीआर परिक्षण गरिएको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey