फुटबल खेलाडीले भ्याक्सिन लगाएपछि घर फर्किन सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 865 पटक हेरिएको

हाइलाइट्स

मका खेलाडी र अफिसियललाई विहिबार कोरोनाको भ्याक्सिन लगाइएको छ । त्यसपछि खेलाडीलाई आफ्नो घर जानका लागि रिलिज गरिएको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई रिलिज गरेको छ । फिफा विश्वकप छनौट खेलेर स्वदेश फर्किएको नेपाली टिमका खेलाडीलाई केहि समयका लागि क्याम्पबाट रिलिज गरेको हो । 

टिमका खेलाडी र अफिसियललाई विहिबार कोरोनाको भ्याक्सिन लगाइएको छ । त्यसपछि खेलाडीलाई आफ्नो घर जानका लागि रिलिज गरिएको छ । 

नेपालले इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटको दोस्रो चरणको खेल खेलेर तीन दिन अगाडी स्वदेश फर्किएको थियो । फिफा विश्वकप छनौटमा नेपालले चाइनीज ताइपेईलाई दुई शुन्यले हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग तीन तीन शुन्यको हार ब्यहोरेको थियो । 

समुह बी को चौथो स्थानमा रहेको नेपाली टिमले एशियन कप छनौटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले प्रतियोगिताको छनौटको नियम परिमार्जन गरेपछि नेपालले तेस्रो चरण खेल्न पाउने भएको हो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal