युवा फुटबलर आयुष घलानले मिनर्भा पञ्जावमा प्रशिक्षण गर्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 6292 पटक हेरिएको

हाइलाइट्स

खुमलटार युथ क्लबबाट बी डिभिजन खेलेका मिडफिल्डर आयुषले नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट पनि खेलेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी आयुष घलानले भारतमा प्रशिक्षण गर्ने पाउने संभावना बढेकाे छ । 

हालै फिफा विश्वकप तथा एशियन कप छनोटमा अस्ट्रेलियाविरुद्ध डेब्यु गरेका आयुषलाई प्रशिक्षणका लागि भारतीय क्लव मनिर्भा पञ्जावले बोलाएको हो । 

खुमलटार युथ क्लबबाट बी डिभिजन खेलेका मिडफिल्डर आयुषले नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट पनि खेलेका थिए ।

उनको एनएसएलमा गरेको प्रदर्शनकै आधारमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा बोलाएका थिए ।

जसमा उनले फिफा विश्वकप छनोटको अन्तिम तथा निकै बलियो टिम अष्ट्रेलियासँग डेब्यु गर्ने मौका पनि पाएका थिए । 

अष्ट्रेलियाविरुद्धको खेलमा आयुष, सुमन लामाको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

उनी सन् २००६ पछि राष्ट्रिय टिमबाट डेब्यु गर्ने एक सयौं खेलाडी समेत बनेका थिए ।  

मिनर्भाले फेरी कल गरेपछि उनकाे प्रशिक्षणका लागि जाने एकिन हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey