फाफ डुप्लिसिस पाकिस्तान सुपर लिगबाट बाहिर
- नेप्लेज
- |
- २०७८-०३-०२
- |
- 732 पटक हेरिएको
हाइलाइट्स
आइतबार भएको पेशावर जाल्मीविरुद्ध खेल्दा उनलाई चोट लागेका थियो ।
दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लिसिस पाकिस्तान सुपर लिगबाट बाहिर भएका छन ।
आइतबार भएको पेशावर जाल्मीविरुद्ध खेल्दा उनलाई चोट लागेका थियो ।
क्वेटा ग्लाडियटर्सबाट खेल्दा उनी आफ्नो टिमका खेलाडी मोहम्मद हस्नेनसँग ठोकिएका थिए । जसका कारण उनले बाँकी खेलहरु गुमाउने भएका हुन ।
डेविड मिलरले प्रहार गरेको बललाई रोक्ने क्रममा डाइभ गर्दा उनी ठोकिएर चोट लागेको थियो । उनको टाउको हस्नेनको घुँडामा ठोकिन पुगेको थियो ।
त्यसपछि केहि समय उनको मैदानमा नै फिजियोले उपचार गरेका थिए ।
त्यसपछि उनी मैदान बाहिर गएका थिए भने पछि अस्पताल लगिएको थियो । तर उनको मेमोरी लस भएको र बाँकी खेल खेल्न नसक्ने बताइएको छ भने बुधबार नै स्वदेश फर्किने भएका छन ।