नाै बर्ष पुरानाे ट्विटका कारण प्रतिबन्धमा परेका राेविनसनले काउन्टी क्रिकेटबाट कमब्याक गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 708 पटक हेरिएको

नौ बर्ष अगाडीको ट्विटका कारण प्रतिबन्धमा परेका इंग्ल्याण्डका तिब्र गतिका बलर ओली रोबिनसन केहि समयका लागि अन्तराष्ट्रिय खेलबाट टाढा भएका छन । तर उनले घरेलु क्रिकेटमा भने सुसेक्सको दोस्रो टिमबाट कमब्याक गर्ने भएका छन ।

काउन्टी क्लव सुसेक्सले रोविनसनलाई आफ्नो दोस्रो टिमबाट कमब्याक गराउने बताएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले सन् २०१२ र १३ मा उनले जातीय र रंग विभेद हुने गरेर ट्विट गरेका थिए । त्यो बेला उनी १८ वा १९ बर्षको रहेको बताइएको छ ।

तर त्यो बेला गरेको ट्विट न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टका बेला भाइरल भएको थियो । जसका कारण उनका विषयमा अनुसन्धान भइरहेको छ । २७ बर्षे ओलीलाई बोर्डले सो अनुसन्धान नसकिँदासम्म अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको छ ।

तर उनलाई घरेलु क्रिकेट खेल्न भने खुल्ला नै राखेको छ । जसका कारण सुसेक्सले उनलाई दोस्रो टिमबाट खेलाउने भएको हो । ओलीले आफ्नो ट्विटका बारेमा यसअघि नै माफी मागिसकेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey