श्रीलंका भ्रमणमा भारतीय टिमकाे प्रशिक्षकमा द्रविड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 534 पटक हेरिएको

श्रीलंका भ्रमणको तयारीमा रहेको भारतीय टिमको मुख्य प्रशिक्षकको जिम्मा पूर्व खेलाडी राहुल द्रविडले पाउने पक्का भएको छ । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले द्रविड श्रीलंका टुरका लागि टिमको मुख्य प्रशिक्षक हुने बताएका छन ।

जुलाईमा सिमित ओभरको सिरिजका लागि जान लागेको भारतीय टिमको कप्तानी शिखर धवनले गर्नेछन भने प्रशिक्षकमा पनि द्रविडले नयाँ जिम्मेवारी पाउने भएका छन ।

भारतीय यू १९ टिमको प्रशिक्षकका साथै नेशनल क्रिकेट एकेडेमी टिमको मुख्य प्रशिक्षक रहेका लेजेन्ड्री पूर्व खेलाडी द्रविडलाई श्रीलंका टुरको प्रशिक्षकको घोषणा टिमको घोषणा गर्दा गरिने बताइएको छ ।

भारतीय टिमको बेन्च स्ट्रेन्थ बलियो बनाउनुको पछाडी द्रविडको ठूलो हात रहेको छ । टेष्ट र एकदिवसिय क्रिकेटमा १० हजार भन्दा बढि रन प्रहार गर्ने उनी विश्वमा दोस्रो ब्याट्सम्यान हुन । उनी भन्दा अगाडी सचिन तेन्दुलकर रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal