यो युरोकपमा रोनाल्डोसामु रेकर्ड नै रेकर्ड बनाउने अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 915 पटक हेरिएको

आधुनिक फुटबलका उत्कृष्ट खेलाडी मानिने पोर्चुगली कप्तान क्रिस्टियानो रोनाल्डोका लागि यो युरोकप निकै विशेष रहनेछ । यो युरोकपमा रोनाल्डोका लागि एक होइन, दुई होइन, ६ वटा रेकर्ड बनाउने मौका रहेको छ । हंगेरीविरुद्धको खेलमा मैदानमा उत्रिदा उनी सर्वाधिक धेरै युरो कप खेल्ने खेलाडी बन्नेछन ।

यो युरोपकमा उनका सामु ६ वटा रेकर्ड बनाउने सुनौलो मौका रहेका छन ।

सन् २०१६ मा फ्रान्स युरोकप, पोर्चुगल र विश्व उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि विशेष थियो । रोनाल्डोको कप्तानीमा पोर्चुगलले पहिलो ठुलो उपाधी जित्यो । रोनाल्डोको पनि करियरकै मेडेन उपाधी थियो ।

आज राति पोर्चुगलले हंगेरीसँग खेल्दै युरोकपकोे उपाधी रक्षाको यात्रा थाल्दैछ । यो पटक पनि विश्वको नजर रोनाल्डो माथिनै छ । उमेरले ३६ वर्ष पुगीसकेका रोनाल्डो जारी युरोकपमा धेरै किर्तिमानको नजिक छन ।

पोर्चुगलका सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मंगलबार व्यक्तिगत पाचाैं युरोकप खेल्नेछन् । हंगेरीको घरेलु मैदान पुस्कास अरिनामा ६० हजार भन्दा बढि दर्शकको उपस्थितीमा सर्वाधिक युरोमा सहभागिता जनाउने खेलाडीको नयाँ किर्तीमान पोर्चुगलका कप्तान रोनाल्डोको नाममा बन्नेछ । युरो कपका २१ खेल खेल्ने उनी एक्ला खेलाडी हुन् ।

३६ वर्षिय रोनाल्डोले आज गोल गरेमा सर्वाधिक गोलकर्ताको नयाँ किर्तीमान बन्नेछ । उनले आफ्नो चौथो युरोपेली प्रतियोगितामा सर्वाधिक ९ गोलको किर्तीमानसँग बराबरी गरेका थिए । लेजेण्ड खेलाडी मिचेल प्लाटिनीले १९८४ को युरोमा फ्रान्सबाट १४ गोल गर्दा एकै प्रतियोगितामा ९ गोल गरेका थिए । रोनाल्डोले चार संस्करण खेलेर किर्तिमान बराबरी गरेका हुन् ।

१७ वर्ष अघि ग्रिस विरुद्ध दुइ एकले हारेको खेलमा उनले पोर्चुगलका लागि सान्त्वना गोल गर्दै युरोकपमा खाता खोलेका थिए । यो भन्दा बाहेक उनीसँग युरोपको ठुलो प्रतियोगितामा विश्वमै सर्वाधिक गोल गर्ने खेलाडीको किर्तीमान भंग गर्ने अवसर छ । इरानका भेट्रान खेलाडी अलि डेइले अन्तराष्ट्रिय करियरमा एक सय ९ गोल गरेका छन् । रोनाल्डो सो किर्तीमान भन्दा मात्र पाँच गोलले पछि छन् ।

पोर्चुगलका महान् खेलाडी रोनाल्डोले युरोकपमा सबैभन्दा धेरै खेल जित्ने रेकर्ड राख्न सक्छन् । उनले यस अघि युरोपेली च्याम्पियनसिपमा ११ खेल जितिसकेका छन् । युरोपेली सस्करण र खेलहरुमा कम्तीमा २ गोल गर्ने किर्तीमान पनि उनले बनाउन सक्छन् । तर उनलाई केही किर्तीमान बनाउन भने कठिन देखिन्छ ।

युरो कपको सबैभन्दा कठिन मानिएको समुह एफमा पोर्चुगल सहित विश्व बिजेता फ्रान्स,जर्मनी तथा हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । जुन सहज देखिदैन । उनको लयलाई लिएर पनि प्रश्न उठिरहेको छ । यद्यपी रोनाल्डोले खेल भन्दा अघि रोयटर्ससँग गरिएको कुराकानीमा किर्तीमान भन्दापनि पोर्चुगललाई लगातार दोस्रो युरोपेली उपाधी दिलाउन खेल्ने बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal