कोपा अमेरीका खेल्न आएका ३१ खेलाडीमा कोरोना पोजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 361 पटक हेरिएको

कोपा अमेरीकी फुटबल प्रतियोगितामा सहभागि १० टिमका कुल ३१ जना खेलाडी र १० जना होटेल कर्मचारीमा कोरोना पोजेटिभ देखिएको बताएको छ ।

ब्राजिलको हेल्थ मिनिस्टर मार्सेलो क्विरोगाले मंगलबार १० दिन पहिले गरेको सबै खेलाडी र पदाधिकारीका परिक्षणमा यति धेरैमा पोजेटिभ पाइएको जनाएको छ ।

खेलाडी बसेको होटेलका कर्मचारीको परिक्षण गर्दा उनीहरुमा पनि १० जनामा पोजेटिभ पाइएको छ ।

कोपा अमेरीका अन्तिम समयमा ब्राजिलमा सार्दा कोरोनाको निकै त्रास रहेको थियो । सबै देशका खेलाडी प्रतियोगिता खेल्न आउँदा गरिएको परिक्षणमा ३१ खेलाडीमा पोजेटिभ देखिएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey