स्पेन टूरका लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण विहीबारदेखि!

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 848 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीवारदेखि शुरु हुने भएको छ ।

स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका लागि नेपालले बन्द प्रशिक्षण शुरु गर्न लागेको हो ।

खेलाडीको बन्द प्रशिक्षणका लागि मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि नेपाल आइपुगिसकेका छन् । उनी सोमबार मात्रै काठमाडौं उत्रिएका हुन् । उनको तीन दिने क्वारेन्टिनको समय पुरा भएपछि विहीबारदेखि बन्द प्रशिक्षण शुर गर्ने योजना बनाएको क्यान स्रोतले जनाएको छ ।

बन्द प्रशिक्षणमा बढीमा २२ जना खेलाडी राख्ने गरि तयारी गरिएको छ । त्यसबाट १५ जना खेलाडी अन्तिम छनोट गर्ने योजना रहेको छ ।

विहीबारदेखि शुरु हुने प्रशिक्षण त्रिवि क्रिकेट मैदानमा गर्ने र त्यसपछि बैदेशिक अभ्यासका लागि पनि पहल भइरहेको जनाइएको छ ।

स्कटल्याण्डमा हुनुपर्ने यो आईसीसी विश्व लिग टूको खेल कोरोना महामारीका कारण स्पेनमा गर्न लागिएको हो । क्यानले जुलाई अन्तिम सातामा प्रतियोगिता हुने बताए पनि यसबारे अझै एकिक मिति भने सार्वजनिक भएको छैन ।

क्रिकेट टिमको नयाँ जर्सी डिजाइनमा क्यानले पुरुषको मात्र भनेपछि उब्जिएका प्रश्नहरु !

लिग टू मा नेपालले अहिलेसम्म चार खेल खेल्दा दुई जित र दुई हार ब्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकाविरुद्ध दुई जित निकाल्दा ओमानसँग दुई हार ब्यहोरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal