पाेर्चुगलकाे उपाधि रक्षा अभियान आजदेखि सुरु हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 679 पटक हेरिएको

एजेन्सी ।  युरोकप फुटबल अन्तर्गत आज समूह एफ अझ भनौ ग्रुप अफ डेथको रुपमा रहेका २ खेल हुँदैछन् । योसँगै युरोकप अन्तर्गत सबैले पहिलो खेल पुरा गर्ने पनि छन् ।

पहिलो खेलमा आज राति पौने १० बजे पोर्चुगलल हंगेरी आमने सामने हुने छन् । यो खेलमा पोर्चुगलका कप्तानसमेत रहेका क्रिष्टिायानो रोनाल्डोमाथि धेरैको नजर हुने छ । रोनाल्डोले आज एक मात्र गोल गरेभने युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लने छन् । उनी अहिले इरानका अलि दाईसँग समान ९–९ गोलको अवस्थामा रहेका छन् ।

युरोकप अघिको मैत्रीपूर्ण खेलमा रोनाल्डोले इजरायलविरुद्ध गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १०४ बनाएका छन् ।

पोर्चुगल युरो कपको पछिल्लो ६ संस्करणमा नकआउट चरणमा प्रवेश गर्ने एक मात्र टिम हो । १९९६ देखि लगातार पोर्चुगल नकआउट चरणमा प्रवेश गर्दै आएको छ । यसैगरी हंगेरीविरुद्ध अहिलेसम्म पोर्चुगल पराजित भएको छैन । १३ भेटमा पोर्चुगल ९ पटक विजयीहुँदा ४ पटक बराबरीमा खेल सकिएको थियो ।

पोर्चुगल र हंगेरीबीचको (वल्डकप या युरो कप) यो दुई प्रतियोगितामा भने तेस्रो पटक भेट हुन लागेको हो । १९९६ मा पोर्चुगलले हंगेरीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो भने २०१६ को युरोकपमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेका थिए । यी दुईबीचको पछिल्ला पाँच भेटमा चार खेलमा पोर्चुगल विजयी भएको छ भने एक खेल बराबरी भएको थियो ।

युरो कपको डिफेन्डिङ च्याम्प्यिन पोर्चुगल लगातार दुई संस्करण उपाधि जित्ने अभियानमा हुने छ । गत संस्करणमा फ्रान्सलाई उसकै मैदान पराजित गर्दै पोर्चुगलले उपाधि जितेको थियो । लगातार दुई पटक उपाधि जित्ने टिम अहिलेसम्म स्पेन मात्रै छ । उसले सन् २००८ र २०१२ को युरो जितेको थियो ।

पोर्चुगल उत्कृष्ट टिम भएपनि हंगेरीले अप्ठेरो भने पार्न सक्ने आंकलन गरिएको छ । हंगेरी लगातार दोस्रो पटक युरो कप खेल्दै छ । यसअघि १५ औं संकरणमा पनि खेलेको थियो । अहिलेसम्म हंगेरीको यो चौथो युरो कप हो । उसले यसअघि १९६४ र १९७२ मा युरोकप खेलेको थियो । २०१६ को युरोकपमा तीन खेल मध्य एकमा जित र दुई खेल बराबरी खेलेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey