कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा पाराग्वेसँग बोलिभिया पराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 348 पटक हेरिएको

कोपा अमेरिकाको समूह ए मा रहेको पाराग्वेले विजयी शुरुवात गरेको छ । उसले स्पष्ट तीन अंक जोड्न सफल भयो । मंगलबार विहान सकिएको खेलमा पाराग्वेले बोलिभियामाथि ३–१ गोल अन्तरको जित दर्ता गर्न सफल भयो ।

इर्विन सावेदाले गोल गर्दै बेलिभियालाई शुरुमै अग्रता दिलाए पनि उक्त अग्रता भने जोगाउन असफल रह्यो । पाराग्वेका खेलाडीले फल गरेपछि बोलिभियाले पेनाल्टी पाएको थियो । रेफ्रीले रिभ्यु गरेपछि पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई इर्विन सावेदाले नवौं मिनेटमा गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा ज्योमी क्युलर दोहोरो कार्ड पाउँदै मैदान छाडेपछि बोलिभिया १० खेलाडीमा झेको थियो । पहिलो हाफमा ८ मिनेट थप गरिएको अतिरिक्त समयमा उनी दोहोरो पहँेलो कार्ड पाउँदै मैदान छाडेका थिए । उनले त्यसअघि ३८ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

Image

दोस्रो हाफमा १० खेडालीमा झरेपछि त्योको फाइदा पाराग्वेले भरपुर उठायो । एक गोलले पछि परेको पाराग्वेले ३ गोल थपेको थियो ।

६२ औं मिनेटमा एलेक्जेन्ड्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई बराबरीमा ल्याएका थिए ।

त्यसलगत्तै एन्जेल रोमेरोले ६५ औं मिनेटमा गोल गरेपछि पाराग्वे २–१ले अघि बढेको थियो । ८० औं मिनेटमा उनै एन्जेलले व्यक्तिगत दोस्रो गोल गर्दा पाराग्वे ३–१ गोल अन्तरले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey