युरोकप : स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 290 पटक हेरिएको

युरोकप फुटबलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन् ।

सोमबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै समूह ईमा एक एक अंक जोडेका छन् । यो समूहमा रहेको स्लोभाकियाले तीन अंक जोड्दा पोल्याण्डले भने खाता खोल्न सकेन ।

पोल्याण्ड सोमबार राति स्लोभाकियासँग पराजित भएको थियो ।

सेभिल्लाको कार्टुजा स्टेडियममा भएको खेलको अन्तिम १० मिनेटमा स्पेनेको टिमले गोल गर्ने तीन वटा मौका खेर फालेको थियो । ९० औं मिनेटमा स्पेनका पाब्लो साराबियाको क्रसमा जेरार्ड मोरनोले गोल गर्न असफल भएका थिए ।

स्वीडेनका गोलकिपर रोविन ओल्सनले उत्कृष्ट सेभ गरेका थिए । यसैगरी दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा मोरेनोको प्रहार पनि असफल रहेको थियो ।

जोडी अल्वाले त्यसलगत्तै गरेको क्रस पास सराबियाले गरेको पोस्ट एटेम्पटलाई पनि स्वीडेनका गोलकिपर ओल्सनले बचाएका थिए । यसैगरी ९६ औं मिनेटमा मोरेनको हेडर पनि बाहिर गएको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey