१० खेलाडीमा झरेकाे पाेल्याण्डमाथि स्लाेभाकियाकाे राेमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 815 पटक हेरिएको

युरो कपमा समुह ई को पहिलो खेलमा नै पोल्याण्ड स्लोभाकियासँग दुई एकले पराजित भएको छ ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा १० खेलाडीमा झरेको पोल्याण्डमाथि स्लोभाकियो निकै रोमाञ्चक जित निकाल्न सफल भयो । पोल्याण्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्दोस्कीको प्रभाव यो खेलमा निकै कम देखियो ।

खेलको १८ औं मिनेटमा नै स्लोभाकियाले उपहार गोलमा अग्रता बनायो । रेबार्ट मार्कको प्रहालाई रोक्न खोज्दा पोल्याण्डका ओजसिचको खुट्टामा लागेर गोल भएको थियो ।

त्यसपछि पनि दुबै टिमले गोलका लागि गरेका प्रयास सफल भएनन् । जसका कारण पहिलो हापमा पोल्याण्ड एक शुन्यले पछाडी रह्यो ।
तर दोस्रो हाफको सुरुवातमा नै पोल्याण्ड खेलमा फर्कन सफल भयो । उसका कारोल लिनेटीले ४६ औं मिनेटमा गोल गर्दै टिमलाई एक एक गोलको अवस्थामा पुर्याए । तर खेलको ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा झर्न पुग्यो ।

पोल्याण्डका ग्राजेगोराज क्राजोविकले रातो कार्ड पाए । उनी जारी युरो कपमा पहिलो रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन । पोल्याण्ड टिमका अनुभवी खेलाडी ग्राजेगोराजले स्लोभाकियाका खेलाडीलाई तानेपछि रेफ्रीले दोस्रो पहेलो कार्ड दिएका थिए । जसका कारण उनले रातो कार्ड पाउन पुगे ।

उनी यो युरोकपमा रातो कार्डपाउने पहिलो खेलाडी बनेका छन । उनले स्लोभाकियाका जाकुब रोमाडालाई तानेका थिए । जसका कारण पोल्याण्ड १० खेलाडीमा झरेको थियो ।

१० खेलाडीमा झरेको पोल्याण्डविरुद्ध स्लोभाकियाले ६९ औं मिनेटमा अन्तर दुई एकमा पुरयायो । उसका लागि मिलान स्क्रिनियरले डिबक्स भित्र पाएको बललाई उत्कृष्ट फिनिस गरे ।

त्यसपछि पोल्याण्ड खेलमा फर्कनका लागि निकै प्रयास गरेपनि सफल भएन । जसका कारण उनले यो सिजनको पहिलो खेलमा नै हारको सामना गर्यो । यतिमात्र होइन, उसले कुनैपनि ठूला प्रतियोगिताको पहिलो खेलमा हार्ने प्रचलनलाई पुर्णविराम दिन सकेन । खेलमा लेवान्दोस्कीले मात्र चार वटा सट फ्रेममा प्रहार गरेका थिए । तर त्यसमा तीन सट ब्लक भयो भने एक सट पोष्ट नजिकैबाट बाहिरीयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal