Mega Bank

टेष्ट च्याम्पियनसिपकाे बिजेताले १६ लाख अमेरीकी डलर पुरस्कार पाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 101 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले यहिसाताबाट सुरु हुने विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जित्ने टिमले पाउने पुरस्कार राशीको सार्वजनिक गरेको छ । आइसीसीका अनुसार प्रतियोगिताको विजेताले १६ लाख अमेरीकी डलर पाउने भएका छन । यस्तै उपविजेताले ८ लाख डलर पाउने बताइएको छ ।

यदि कुनै कारणले नतिजा नआएको खण्डमा दुबै टिमले २४ लाख डलरको पुरस्कार आधा आधा बाढ्नेछन । पहिलो पटक टेष्ट च्याम्पियनसिपको फाइनल हुँदा उपाधिका लागि भारत र न्यूजिल्याण्ड खेल्नेछन ।

यसअघिका बर्षमा बरियतामा अन्तिममा जो टिम शिर्ष स्थानमा रहन्छ, उसलाई टेष्ट च्याम्पियनसिपको उपाधि दिने गरिएको थियो । तर यो पटक प्रतियोगिता नै गरेर च्याम्पियनटिमलाई पुरस्कार दिन लागिएको हो ।

यस्तै बरियतामा तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले चार लाख ५० हजार डलर, चौथो स्थानमा रहेको इंग्ल्याण्डले तीन लाख ५० हजार डलर र पाँचौं स्थानमा रहेको पाकिस्तानले दुई लाख डलर पाउनेछन ।

टेष्ट च्याम्पियनसिपको फाइनल खेल जुन १८ देखि २२ तारिखसम्म साउथह्याम्टनमा हुनेछ । फाइनलमा खेलमा एक दिन रिजर्भ डे पनि राखिएको छ ।

भर्खरै

Advertisement