स्कटल्याण्ड र चेक गणतन्त्र भिड्दा कस्ले जित्ला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 365 पटक हेरिएको

युरोपियन च्याम्पियनसिप फुटबल अन्तर्गत आज पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिक गणतन्त्र आमने सामने हुँदैछन् ।

यो खेल नेपाली समय अनुसार साँझ पौने सात बजेबाट शुरुहुने छ । समूह डी अन्तर्गको खेलमा दुवै टिमले पहिलो जितका साथ तीन अंक लिने प्रयासमा हुने छन् ।
स्कटल्याण्ड १९९८ को विश्वकप पछि पहिलो अन्तर्राष्ट्रि टुर्नामेन्टमा खेल्न लागेको हो । जबकि उसले युरो १९९६ मा युरो कप खेलेको थियो । युरो कपको समूह चरणमा त्यतिबेला स्कटल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

यो सिजनको छनोटमा नाटकीय रुपमा स्कटल्याण्डले जित हात पारेको थियो । छनोटको प्ले अफमा स्कटल्याण्डले सेमिफाइनल र फाइनलमा पेनाल्टीमा जित हात पारेको थियो ।

यदि आजको खेलमा स्टकल्याण्ड विजयी भएमा वेम्बली रंगशालामा १८ जुनमा हुने इंग्ल्याण्डसँगको खेल झनै रोमाञ्चक बन्ने छ ।
स्टेभ कलार्कको टिमले युरो अघि खेलेका खेलमा लक्जमबर्गलाई १–० ले पराजित गरेको थियो भने नेदरल्याण्ड्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।

चेक गणतन्त्र निश्चितरुपमा प्रतियोगितामा नकआउट चरणमा पुग्ने लक्ष्यमा हुने छ । स्कटल्याण्डविरुद्धको खेलबाट पनि यसको छनक दिने प्रयासमा चेक गणतन्त्र रहने छ ।

जेरोस्लाव सेल्भिको टिम चेक गणतन्त्रले मैत्रीपूर्ण खेलमा इटलीसँग ४–० ले हारेको थियो भने अर्को खेलमा अल्बानियाविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको थियो । चेक गणतन्त्र १९९६ मा उप विजेता भएको थियो । यसैगरी २००४ मा सेमिफाइनल पुगेको थियो भने २०१२ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

चेक गणतन्त्रले स्कटल्याण्डलाई कमजोर प्रतिद्वन्द्वीको रुपमा हेरेको छ । यो म्याचका लागि स्कटल्याण्डको टिम चयन सजिलो नै रहने छ । तर, दुई जना फरवार्ड कसलाई चयन गर्ने त्यसमा भने प्रशिक्षक अलि अलमल हुने अवस्था पनि देखिन्छ ।

स्कटल्याण्डका एडम्स र लिन्डन डाइक्सले पछिल्लो खेलमा लक्जमबर्गविरुद्ध फरवार्डको रुपमा खेलेका थिए । त्यसले गर्दा यी दुई खेलाडीलाई नै मौका दिने सम्भावना पनि रहन्छ । यसैगरी किरिन टियरनी, एन्ड्रयू रोवर्टसन, स्कट म्याकटोमिन र जोन म्याकगिन शुरुवाती ११ मा पर्ने निश्चित जस्तै छ ।

ग्रान्ट हेनली र टियरनी पछाडि खेल्ने सम्भावना हुँदा स्टीफन ओडानेल चेक गणतन्त्रविरुद्ध राईट साईड विग ब्याकको रुपमा देखिन सक्छन् ।
चेल्सीबाट व्यवसायिक फुटबल खेल्ने गिल्मर मध्यभागका लागि उत्तम विकल्प हुने छन् ।

उता, चेक गणतन्त्रको कुरा गर्ने हो भने वेस्टह्याम युनाइटेडको जोडी ब्लादिमीर कोफल र टोमस सौसेक प्लेयिङ ११ मा छनोट हुने पक्का छ । जबकी बिस्टल सिटीका टोमस कलास सेन्टर डिफेन्सका रुपमा रहने छन् ।

लुकास प्रोवोड घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिर भइसकेका छन् । उनको ठाउँमा मिडफिल्डको कमी एलेक्स क्रालले पुरा गर्दा उनी सौसेकको साथमा रहने अपेक्षा गरिएको छ ।

टिमका कप्तान तथा सबैभन्दा अनुभवी खेलाडी ब्लादिमीर डारिडा पेट्रिक स्किक, मातेज ब्याड्रा पनि सँगै रहने अपेक्षा गरिएको छ ।

स्कटल्याण्डको सम्भावित प्लेयिङ ११
मार्शल, हेन्ड्री, हेनली, टियरनी, ओडोनेल, म्याकटोमिने, म्याकग्रेगर, क्याकगिन, रोबर्टसन, डाइक्स र एडम्स ।

चेक गणतन्त्रको सम्भावित प्लेयिङ ११
बेक्लिक, कौफल, सेलुस्तका, कलास, बोरिल, सौसेक, क्राल मेसोपस्ट, दरिडा, जानकतो र शिक ।
सम्भावित नतिजा : एक एक गोल ड्र

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal