महिला भलिबलकाे तयारीः पीसीआर जाँच गरेका सबैकाे नेगेटिभ, पुलिसका खेलाडीकाे रिपोर्ट आउन बाँकी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 560 पटक हेरिएको

फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले मंगलबारबाट प्रशिक्षण सुरु गर्नेछ । यसका लागि खेलाडीको पीसीआर परिक्षण गरेर त्रिपुरेश्वरका युनाइटेड बिजनेश होटेलमा राखिएको छ ।

यसअघि पीसीआर गरेका एपीएफ, आर्मी, न्यू डायमण्डका खेलाडीको रिपोर्ट नेगेटिभ आइसकेको छ भने पुलिस क्लवबाट परेका खेलाडीको रिपोर्ट आउन बाँकी रहेको छ । पुलिसका खेलाडीको सोमबारमात्र पीसीआर परिक्षण गरिएको थियो ।

यस्तै एपीएफकी हिरा केसी र भरतपुरकी सरस्वती कटेल भने अझै क्याम्पका लागि आइनपुगेको बताइएको छ । टिमको प्रशिक्षकको जिम्मा पाएका जगदिन भट्टपनि तीन दिनपछिमात्र प्रशिक्षणमा सहभागि हुनेछन । उनी नहुँदा कुमार राई र अञ्जु श्रेष्ठलाई प्रशिक्षणका लागि आग्रह गरिएको छ ।

नेपाल भलिबल संघले एशियन च्याम्पियनसिपका लागि ३० खेलाडी प्रशिक्षणमा बोलाएको छ । संघले बोलाएको खेलाडीमा न्यू डायमण्डबाट चार खेलाडीले पहिलो पटक स्थान बनाएका छन । जसमा बाल्मिबा आचार्य, झरना श्रेष्ठ, रियाल कुँवर र रिमा कुवर छन । यस्तै आर्मीकी खेलाडी कृपा अधिकारीले करिव दुई बर्षपछि टिममा स्थान बनाएकी छिन ।

बन्द प्रशिक्षणका लागि आर्मीबाट आठ खेलाडी परेका छन भने पुलिस, एपीएफ र न्यू डामण्डबाट सात सात खेलाडी परेका छन ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

नेपाल पुलिस-उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द

एपीएफ-सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

आर्मी-सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो

न्यु डायमण्ड –प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य

भरतपुर- सरस्वती कट्टेल

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey