नेपाली क्रिकेट टिमले यो साताको अन्तिमसम्ममा प्रशिक्षण सुरु गर्ने, बैदेशिक तयारीका लागि खर्च मुख्य चुनाैती

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 720 पटक हेरिएको

स्पेनमा हुने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले यसै साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ । यसका लागि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरपनि नेपाल आएका छन । नेपालमा लकडाउन भएपछि सबै क्रिकेट गतिविधी बन्द भएपछि ह्वाटमोर केहि समयका लागि श्रीलंका गएका थिए । तर स्पेनमा सिरिज हुने पक्का भएपनि क्यानले उनलाई फिर्ता बोलाएको छ ।

जसमा उनी सोमबार काठमाडौं पुगेको र दुई दिन आराम गरेर त्यसपछि सबैको पीसीआर परिक्षण गरेर यो साताको अन्तिमसम्ममा टिमको तयारी सुरु गर्ने योजना क्यानको रहेको छ । अहिलेपनि खेलाडीहरु ब्यक्तिगत रुपमा कीर्तिपुर मैदानमा प्रशिक्षण भने गरिरहेका छन । उनीहरुलाई फिजियो विक्रम थापाले सहयोग गर्दै आएका छन ।

नेपालले स्पेनमा खेल्ने प्रतियोगिताको एकिन मिती क्यानले अझै सार्वजनिक गरेको छैन । तर सो सिरिज स्पेनमा हुने पक्का भइसकेको छ ।
नेपाली टिमलाई क्यानले स्पेन जानुभन्दा अगाडी विदेशी भूमीमा अभ्यास र प्रशिक्षणका लागि पठाउने तयारी गरिरहेको छ । जसका लागि क्यानले बंगलादेश र नेदरल्याण्ड्ससँग कुरा गरिरहेको बताइएको छ । तर उनीहरुबाट एकिन जवाफ भने आइसकेको छैन । नेदरल्याण्ड्स जानका लागि बसोबास र हवाई खर्च क्यानले आफैले ब्यहोर्नुपर्ने हुँदा केहि समस्या देखिएको छ ।

क्यानको प्रस्ताव पास भएको खण्डमा नेपाली टिमले स्पेन जानु अगाडी करिव दुई साता प्रशिक्षणका लागि जानेछ । त्यसमा अहिले टिमलाई कसरी पठाउने भन्नेपनि कुरा भइरहेको बताइएको छ ।

क्यानले यो सिरिजका लागि पहिलो चरणमा २४ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ । क्यानले स्पेन जानसक्ने संभावित खेलाडीको सूची भने पठाइसकेको छ । अब तीन खेलाडीबाट अन्तिममा १५ जनालाई समावेश गर्नेछ । जसको टुंगोपनि चाँडै लाग्ने संभावना छ ।

नेपालमा बर्षा सिजन सुरु हुँदा प्रशिक्षणमा केहि समस्या हुने भएकाले पनि बैदेशिक प्रशिक्षणका लागि क्यानले पहल गरेको हो । तर त्यसमा कुरा एकिन हुन कहि समय लाग्ने देखिएको छ ।

कोरोनाका कारण नेपालले खेल्नुपर्ने लिग टु का सिरिजहरु एकपछि अर्को गरेर स्थगित भएका छन । उसले अहिलेसम्म चार खेलमा दुई जित र दुई हार ब्यहोरेको छ । सन् २०२३ को एकदिवसिय विश्वकपका लागि छनौटको आधार रहेको यो प्रतियोगितामा नेपालले अझैपनि ३२ खेल खेल्न बाँकी रहेको छ । जसमा शिर्ष तीनमा रहन सकेको खण्डमा विश्वकप छनौट खेल्ने मौका पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey