दीपक मनाङेको अभिव्यक्तिप्रति राखेपको भर्त्सना, कारबाहीको माग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 552 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका पूर्व खेलकुदमन्त्री तथा वर्तमान भौैतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले एक टेलिभिजन अन्तवार्ताका क्रममा दिएको अभिव्यक्तिको भर्त्सना गर्दै कारबाहीको माग गरेको छ ।

आज राखेपका निमित्त सदस्यसचिव पुरेन्द्र विक्रम लाखेले वक्तव्य जारी गर्दै राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र राखेप सदस्य राजेश गुरुङको नामै लिएर दिएको अभिव्यक्त अशोभनीय र घोर निन्दनीय भएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।

जनप्रतिनिधिबाट समाजले पचाउन नसक्ने अभिव्यक्ति जनप्रतिनिधिबाटै आउनु खेदजनक भएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा मनाङेको अभिव्यक्तिले खेलजगतको अपमान भएको र कानूनअनुसार कारबाही गर्न माग गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey