Mega Bank

झगडा गरेको भन्दै एनएसएल खेल्न आएका विदेशी खेलाडीलाई जिल्ला प्रशासनको जरिवाना

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 269 पटक हेरिएको

युराे कप फुटबल हेरिररहेका खेलाडी र हाेटेल संचालकविच मध्यरातमा झगडा परेपछि काठमाडाैं जिल्ला प्रशासनले दुबै पक्षलाइ जरिवाना लगाएकाे छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि पुलिस साे हाटेलमा पुगेर उनीहरूलाइ पक्राउ गरेकाे थियाे । जसमा साे हाेटेलका संचालनसहितलाइ समातेकाे थियाे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार संचालक सहित नेशनल सुपर लिग खेल्न नेपाल आएका विदेशी र सशस्त्र प्रहरी बलबाट कन्ट्याक्टमा खेल्ने फुटबलरलाई जरिवाना गरेका छन् । होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर छुट्नेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ छन् ।

फुटबल हेर्दा हेर्दै सामान्य विवादपछि उनीहरू बिच भनाभन भएकाे र हात हालाहालकाे अवस्था सिर्जना भएकाे बताइएकाे छ ।

भर्खरै

Advertisement