पाेल्याण्डकाे चुनाैती स्लाेभाकियासँग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 629 पटक हेरिएको

युरोपियन च्याम्पियनसिप (युरोकप) मा आजको दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया आमने सामने हुने छन् ।

यो खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ । समूह ईमा यी दुई टिम सहित स्पेन र स्वीडेन पनि रहेका छन् । यही वर्षको शुरुमा जेरजी ब्रजेकलाई रिप्लेस गर्दै पाउलो साउसा आएका थिए ।

तर उनको नियुक्ति पछि पनि टिमको खासै उपलव्धि भने हासिल गरेको छैन । पोल्याण्डको खेल रोबर्ट लेवान्डोस्कीको वरिपरि घुम्ने सम्भावना बढी छ । लेवान्डोस्की यो सिजनमा उत्कृष्ट फर्ममा रहेका खेलाडी हुन् । पोल्याण्ड २०१६ मा अन्तिम आठबाट अघि बढ्दा पेनाल्टी सुटआउटमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलसँग पराजित भएको थियो ।

उता, स्लोभाकियाको फर्भ भने कमजोर रहेको छ । उसले ९० मिनेट भित्र पछिल्ला १३ खेल मध्य जम्मा २ खेल जितेको छ । उसलाई खेलाडीको चोटका चिन्ता रहेको छ । उसका अनुभवि खेलाडी मारेक हम्सिक, इवान श्रान्ज पनि घाइते रहेको छन् । युवा खेलाडी रोबर्ट बेजेनिकले भने स्थान बनाउने छन् ।

पोल्याण्डको सम्भावित प्लेयिङ ११

स्जेस्नी, पियाटकोवस्की, ग्लिक, बेडनारेक, बेरेजिनस्की, क्रिचोवियाक, क्लिच, जिजिस्की, पुचाज, जोज्विाआक र लेवान्डोस्की ।

स्लोभाकियोको प्लेयिङ ११

दुब्रावका, पेकारिका, सकता, स्क्रिनियार, हुबोकन, कुक्का, बेन्स, हरसलिन, हाम्सिक, माक, डुडा ।

सम्भावित नतिजाः पोल्याण्ड १–० स्लोभाकिया ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey