नेपाली क्रिकेट प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1122 पटक हेरिएको

स्पेनमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डविचको सिरिजका लागि नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल पुगेका छन् ।

नेपालमा कोरोना भाइरसका कारण लकडाउन हुँदा ह्वाटमोर विचमा श्रीलंका फर्किएका थिए । अब टिमको क्याम्प सुरु हुने भएपछि उनी आज काठमाडौं आइपुगेका हुन् ।

नेपाली टिमको क्याम्पमा पहिलो चरणमा २१–२२ खेलाडीलाई क्याम्पमा राखिने भएको छ । त्यसबाट अन्तिममा १५ खेलाडीलाई त्रिकोणात्मक सिरिजका लागि राखिनेछ ।

नेपाली टिमले सुरुवाती चरणमा नेपालमा नै प्रशिक्षण गरेपनि त्यसपछि बैदेशिक भूमीमा करिव दुई साता प्रशिक्षणका लागि क्यानले तयारी गरेको छ । तर अहिलेसम्म कुन देशमा जाने भन्ने टुंगो भने लाग्न सकेको छैन ।

स्कटल्याण्डका हुनुपर्ने यो सिरिज कोरोनाकै कारण अन्तिम समयमा स्पेनमा गर्ने तयारी छ । तर अझैपनि प्रतियोगिताको मिती र तालिका एकिन हुन बाँकी रहेको छ ।

लिग टू मा नेपालले अहिलेसम्म चार खेल खेल्दा दुई जित र दुई हार ब्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरीकाविरुद्ध दुई जित निकाल्दा ओमानसँग दुई हार ब्यहोरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal