महिला भलिबल टिमकाे बन्द प्रशिक्षण मंगलबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 833 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला भलिबले टिमको बन्द प्रशिक्षण मंगलबारदेखि शुरु हुने भएको छ ।

फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्प्यिनसिपका लागि बन्द प्रशिक्षण शुरु हुन लागेको हो । नेपाली टिमको मुख्य प्रशिक्षकको रुपमा सफल प्रशिक्षक जगदीश भट्ट रहेका छन् ।

उनी अहिले महेन्द्रनगरमा रहेको र एक दुई दिनमै आउने तयारी गरेको नेप्लेजलाई जानकारी दिए । कोरोना महामारीका कारण जिल्लाबाट आउन असहज भएको बताउँदै प्रक्रिया मिलाउनका लागि आफू लागि परेको पनि बताए ।

नेपाली महिला भलिबल टिमले त्रिपुरेश्वरस्थित कर्भडहलमा प्रशिक्षण गर्ने छ । त्यसका लागि नेपाल भलिबल संघले प्रशिक्षणस्थल ‘डिस्फेन्स’ गरेर तयारी अवस्थामा राखिएको जनाएको छ ।

एसियन च्याम्पियनसिपलागि महिला भलिबलका ३० खेलाडी बन्द प्रशिक्षणमा

नेपाली खेलाडीहरुलाई मंगलबारदेखि बन्द प्रशिक्षणका लागि राजधानीका एक होटेलमा राख्ने तयारी गरिएको छ । बन्द प्रशिक्षणका लागि गत १४ गते बसेको भलिबल संघको भर्चुअल बैठकले ३० जना खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

महिला भलिबलको जिम्मा फेरि भट्टलाई, राखेपसँग बजेट माग्दैछौं : कार्यबहाक अध्यक्ष गुरुङ

बन्द प्रशिक्षणमा परेका खेलाडी

नेपाल पुलिस-उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द

एपीएफ-सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

आर्मी-सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो

न्यु डायमण्ड –प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य

भरतपुर– सरस्वती कट्टेल

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey