अष्ट्रियाकाे सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 307 पटक हेरिएको

युरोकप फुटबलमा अष्ट्रियाले विजयी सुरुवाता गरेको छ । आइतबार राति भएको खेलमा उसले नर्थ म्यासेडोनियालाई तीन एकले हरायो ।

रोमानियामा भएको खेलमा अष्ट्रियाको जितमा स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे ।

खेलको पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको थियो । १८ औं मिनेटमा स्टेफानको गोलमा अष्ट्रियाले अग्रत बनाएको थियो । उनले मार्सेलको पासमा गोल गरेका थिए ।

तर २८ औं मिनेटमा म्यासेडोनियाले खेल बराबरी गर्न सफल भयो । उसका लागि गोरानले गोल गर्न सफल भए । अष्ट्रियाका गोलकिपर अगाडी बढेको फाइदामा गोरानले गोल गरे । उनी युरोकपमा बढि उमेरमा गोल गर्ने दोस्रो खेलाडी समेत बनेका छन । उनले ३७ बर्ष दुई सय २१ दिनमा गोल गर्न सफल भए भने पहिलो पटक युरोकप खेलेका म्यासेडोनियाको यो पहिलो गोलपनि हो ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा अष्ट्रियाले दोस्रो गोल गर्यो । उसकालागि डेविड अलावाले गोल गरे ।
त्यसपछि ९० औं मिनेटमा लेइमरको गोलमा अष्ट्रियाले खेलमा तीन शुन्यको अग्रता बनायो । त्यसपछि म्यासेडोनिया खेलमा फर्कन सकेन र अष्ट्रिया तीन एकले विजयी भयो । यो जितपछि उसले समुह सी मा तीन अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey