टेस्ट वरियतामा भारतलाई न्यूजिल्याण्डले उछिन्यो
- नेप्लेज
- |
- २०७८-०३-०२
- |
- 593 पटक हेरिएको
टेस्ट वरियतामा भारतलाई न्यूजिल्याण्डले पछि पारेको छ ।
आइतबार इंग्ल्याण्डविरुद्ध ८ विकेटको जित निकाल्दै सिरिज जितेको इंग्ल्याण्ड १२३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । भारत भने १२१ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
१८ तारिखदेखि न्यूजिल्याण्ड र भारतले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दै छन् । फाइनल खेल्नुअघि दोस्रो स्थानमा झरेपछि भारतीय टिममा यसको मनोबैज्ञानिक असर पर्ने आंकलन गरिएको छ ।
इंग्ल्याण्डको बर्मिङघममा खेलिएको दोस्रो टेस्टको चौथो दिन ३८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ८ विकटेले विजयी हुँदै सिरिज पनि जितेको छ ।
इंग्ल्याण्डको भूमिमा न्यूजिल्याण्डले २२ बर्षपछि सिरिज जितेको हो । यअसअघि न्यूजिल्याण्डले १९९९ मा टेस्ट सिरिज जितेका थिए ।