इंग्ल्याण्डविरूद्धकाे टेष्ट सिरिज न्यूजिल्याण्डकाे पाेल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 650 पटक हेरिएको

न्युजिल्याण्डले घरेलु टिम इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।

बिर्मिङघममा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज १-० ले आफ्नो बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३ रन जोडेको थियो । इंग्ल्यान्डका लागि डान लरेन्सले अविजित ८१ रन बनाए । यस्तै रोरी ब्रुन्सले ८१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्क उडले ४१ रन बनाए । डम सिब्लीले ३५ रन जोड्दा ओली स्टोनले २० रन बनाए ।

न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए । यस्तै माट हेनरीले ३ तथा अजिज पटेलले २ विकेट लिए ।

न्युजिल्याण्डले पहिलो पारीमा ३ सय ८८ रन बनायाे । न्युजिल्याण्डका लागि विल योङले ८२ रन जोड्दा रोस टेलर र डेभोन कोन्वेले समान ८०/८० रनको योगदान दिएका थिए । इंग्ल्यान्डका स्टुवार्ट बोर्डले ४ तथा मार्क उड र ओली स्टोनले २/२ विकेट लिएका थिए । दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय २२ रनमा अलआउट भएपछि न्युजिल्याण्डले ३८ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डका मार्क उडले सर्वाधिक २९ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा समेट्न न्युजिल्याण्डका माट हेनरी र निल वान्गेरले ३/३ विकेट लिए ।

इंग्ल्यान्डबाट पाएको सामान्य लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका कप्तान टम लाथम २३ रनमा अविजित रहे । इंग्ल्यान्डका स्टुवार्ड बोर्ड र ओली स्टोनले १/१ विकेट लिए । यस टेस्ट सिरिज जितेसँगै न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

लर्ड्समा भएको न्युजिल्याण्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्डले सन् २०१४ पछि पहिलो पटक घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको छ ।

अब न्युजिल्याण्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग खेल्नेछ । फाइनल टेस्ट जुन १८ मा सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey