नेपाली फुटबल टिम आज राति काठमाडौं आइपुग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 491 पटक हेरिएको

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको टिम आज राति काठमाडौं आईपुग्ने भएको छ ।

शनिबार कुवतेबाट कतारको राजधानी दोहा आइपुगेको नेपाली टिम कतार एयरवेजमार्फत आज राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रने छ । जेठ ११ गते २३ खेलाडी र १२ अफिसियल गरि ३५ जनाको टोली इराकहुँदै कुवते प्रस्थान गरेको थियो ।

नेपाली टिममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल पनि सँगै गएका थिए । उनी पनि आजै नेपाली टिमसँग फर्कने छन् ।

कोरोना महामारीका कारण एएफसीले न्यूट्रल भेन्यूका रुपमा कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेल मध्य एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ ।

दशरथ रंगशालामा हुनुपर्ने खेल नेपालमा पनि कोरोना महामारी बढेपछि उता सारिएको हो । कुवेतमा विश्वकप छनोट र एशियन कप छनोट खेल्नु अघि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।

नेपाली टिमले इराकसँग ६–२ गोल अन्तरले पराजय भोगे पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसपछि कुवेत गएको नेपाली टिमले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६ अंक बनाउन सफल भयो । त्यसपछि जोर्डन र अस्ट्रेलियासँग नेपाली टिमले समान ३–० गोल अन्तरले पराजय भोग्न बाध्य भयो ।

विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एशियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी नै रहेको छ । त्यसका लागि अहिले अन्य टिमहरुको पनि समूह चरणको खेल सकिनु पर्ने छ । त्यसपछि मात्रै प्ले अफ पुग्ने या नपुग्ने टुंगो पनि लाग्ने छ ।

नेपाली फुटबल टिमको प्रशिक्षकका कतारका अब्दुल्लाह अल्मुताइरी आएपछि पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रदर्शन भने उत्कृष्ट नै मान्न सकिन्छ । लामोसमयदेखि गोलको खडेरी रहेको नेपाली टिमले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका लागि राम्रो शंकेत गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey