कोपा अमेरिका : भेनेजुएलाका खेलाडीसहित १२ जनालाई कोरोना संक्रमण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 684 पटक हेरिएको

कोपा अमेरिका फुटबल खेल्ने भेनेजुएला टिमका खेलाडी सहित १२ सदस्य कोरोना संक्रमित भएको पाइएको छ । जसमा कम्तिमा ५ जना खेलाडी रहेका छन् । कप्तान टाेमस रिनकाेन पनि संक्रमित भएकाे जनाइएकाे छ ।

विश्वकप, युरोकप पछि कोपा अमेरिका चर्चित प्रतियोगिता हो ।

यो प्रतियोगिता सोमबारदेखि शुरुहुँदै छ ।

उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाकाबीचमा खेल हुने छ ।

खेलाडीहरु कोरोना संक्रमित भएको खबर सार्वजनिक भएपछि प्रतियोगिता के गर्ने भन्ने अझै तय भइसेको छैन ।  अमेरिकी महाद्वीपका १० टिमले कोपा अमेरिका खेल्छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेइमार र उरुग्वेका लुईस स्वारेज जस्ता स्टार खेलाडीहरुको जमघट कोपा अमेरिकामा हुने गर्छ । निकै लामो रस्साकस्सीका बीचमा ब्राजिलले यो प्रतियोगिता बाध्य भएर आयोजना गर्दै छ ।

यसपटक दर्शकहरुलाई प्रवेशमा रोक लगाइएको छ ।  कोरोनाकै कारण गत वर्ष हुनुपर्ने प्रतियोगिता एक वर्ष सरेर सोमबारदेखि शुरु हुन लागेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey