Mega Bank
Prabhu Bank

म्याराथन धावकहरुको मृत्यु प्रकरण : चीनमा २७ जना कारबाहीमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 22 पटक हेरिएको

गत महिना चीनको गांन्सु प्रान्तमा आयोजना भएको एमेच्योर अल्ट्राम्याराथनका बेला २१ धावकको मृत्यु भएको प्रकरणमा २७ जना दोषी पाइएका छन् ।

नगरपालिकाका अधिकारीसहित २७ जनालाई कारबाही गरिने भएको छ । उनीहरुलाई अनुशासनात्मक र आपराधिक सजाय दिइने छ । गत महिना उत्तर पश्चिम प्रान्त गान्सुको पर्वतीय क्षेत्रमा १०० किलोमिटर अल्ट्राम्याराथनमा बर्षा र तुफानका कारण २१ जनाको मृत्यु भएको थियो । जसमा चर्चित धावक लियांग जिंगले पनि ज्यान गुमाएको थियो ।

चीनमा म्याराथन दौडमा सहभागी २१ जनाको मृत्यु

छानविन पछि सार्वजनिक प्रतिबेदन अनुसार उक्त प्रतियोगितामा सुरक्षा सतर्कता नै अपनाइएको थिएन । जसका कारण उक्त दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । छानविन पछि कम्युनिष्ट पार्टी अफ चीन सीपीसीका सचिव सू नजुन र बेयिनका मेयर झांग शुचेनलाई अनुशासनात्मक सजाय दिइएको छ ।

 

भर्खरै

Advertisement