प्रशिक्षक ह्वाटमोर सोमबार काठमाडौं आइपुग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 751 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर काठमाडौं फर्कने भएका छन् ।

स्पेनमा प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली टिमका प्रशिक्षणमा सहभागि हुन प्रशिक्षक ह्वाटमोर सोमबार काठमाडौं आइपुग्ने जनाएको छ ।

कोरोना महामारीका कारण नेपालका क्रिकेट गतिविधि रोकिए पछि ह्वाटमोर श्रीलंका फर्किएका थिए ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामेवियाबीचको खेल जुलाई तेस्रो सातामा गर्ने गरि तयारी गरिएको छ । तर मिति भने अझै सार्वजनिक भएको छैन ।

मुख्यप्रशिक्षक आए पछि नेपाली टिमका बन्द प्रशिक्षण शुरु गर्ने तयारीमा क्यान रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey