टी २० क्रिकेटमा धेरै पटक आफ्नो स्पेलमा १० भन्दा कम रन खर्चिने तीन बलर !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 548 पटक हेरिएको

क्रिकेटमा बलरका लागि सबैभन्दा कडा चुनौती भनेको टी २० को स्पेलमा बलिङ गर्नु हो । टी २० आफैमा धेरै रन बन्ने फरम्याटमा पर्छ । यसमा बलरहरुले रामधुलाई खाने गरेका हुन्छन् । टी २० ब्याट्सम्यानहरु हार्ड हिटरको रुपमा आफूलाई स्थापित गर्नका लागि पनि लगातार चौका र छक्काको बर्षा गराउन लागि परेका हुन्छन् । टी २० क्रिकेटमा केही यस्ता बलरहरु पनि छन् जसको बलिङमा रन बनाउन धेरै नै मुस्किल पर्ने गरेको छ । टी २० मा बलिङ गर्दा आफ्नो चार ओभरको स्पेलमा ३० रन भन्दा कम दिएमा उ सफल बलरको रुपमा मानिन्छ ।

३. राशिसद खान (अफगानिस्तान)

राशिद खान टी २० क्रिकेटको जारी समयमा सबैभन्दा सफल र उत्कृष्ट स्पिन बलरको रुपमा रहेका छन् । २२ बर्षिय राशिदले विश्वभरका अधिकांश टी २० क्रिकेट खेलेका छन् । लेग स्पिनकै मद्दतले उत्कृष्ट भनिएका ब्याट्सम्यानहरु शिकार पनि भएका छन् ।

साथै उनले ब्याटबाट आफै रन पनि बनाउने हैसियत राख्छन् । राशिद खान अहिले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेलिरहेका छन् । उनले बुधबार शेख जायद स्टेडियम युएईमा इस्लामाबाद युनाइटेडविरुद्ध ९ रन दिएर १ विकेट लिए ।

उनले चार ओभरको स्पेल गरेका थिए । यो राशिदलको करियरको पाँचौ पटक थियो उनीले टी २० को चार ओभरको स्पेलमा १० भन्दा कम रन दिएको थियो ।

२.सेमुअल बद्री (वेस्टइन्डिज)

यो सूचीको दोस्रो स्थानमा अर्का लेग स्पिनर सेमुअल बद्री रहेका छन् ।

वेस्टइन्डिजका सेमुअलले आफ्नो टी २० को करियरमा अहिलेसम्म ५२ वटा म्याच खेलेका छन् । अन्तर्राष्ट्रिय टी २० मा उनी त्यतिधेरै सफल बलर नमानिए पनि घरेलु प्रतियोगितामा भने उनी उत्कृष्ट खेलाडीको रुपमा दर्ज भएका छन् ।

बद्रीले आईपीएलमा पनि एक पटक ४ ओभर बलिङ गर्दा १० भन्दा कम रन दिएका थिए । २०१७ मा मुम्बई इन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरका लागि चार ओभरको स्पेलमा ह्याट्रिक गर्दा चार विकेट लिएका थिए ।

त्यतिबेला उनले ९ रन खर्च गरेका थिए । तै पनि बैंग्लोरले उक्त म्याच हारेको थियो । बद्रीले अहिलेसम्म सात पटक चार ओभरका स्पेलमा १० भन्दा कम रन खर्चिएका छन् ।

१. सुनिल नारेन (वेस्टइन्डिज)

टी २० क्रिकेट इतिहासमा मेडन सुपर ओभर बलिङ गर्ने एक मात्र बलर हुन् सुनिल नारेन । वेस्टइन्डिजका अनुभवि खेलाडी नारेन टी २०का उत्कृष्ट खेलाडी पनि हुन् । वेस्टइन्डिजको टिमबाट नियमित नखेले पनि नारेन फ्रेन्चाइजी क्रिकेटमा भने निकै नै व्यस्त छन् ।

नारेनले टी २० मा सर्वाधिक १२ पटक आफ्नो चार ओभरको स्पेलमा १० भन्दा कम रन खर्चिएका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal