युरो कपमा आज खेल्न लागेका टिमको इतिहास जानौं

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 830 पटक हेरिएको

वेल्स भर्सेस स्वीट्जरल्याण्ड
वेल्सलाई पाँच वर्ष पुरानो प्रदर्शन दोहोर्‍याउन भने चुनौती हुन सक्छ ।

टिमका नियमित प्रशिक्षक रियान गिग्स अदालतको मुद्दाका कारण टिममा छैनन् भने उनको ठाउँमा रोब पेजले टिम सम्हालेका छन् ।

गत युरो खेलकै ८ जना खेलाडी यो पटक पनि टिममा भने रहेका छन् ।

वेल्सले १९५८ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो भने २०१६ को युरोमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

उता, स्वीट्जरल्याण्डको रेकर्ड युरो कपमा राम्रो छैन । टिमले तीन पटक समूह चरणभन्दा माथिको यात्रा तय गर्न कसकेो छैन ।

२०१६ को युरोमा अन्तिम १६ मा प्रवेश भने गरेको थियो । त्यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

प्रशिक्षक ब्लालिमिर पेटकोविचको नेतृत्वमा भने स्वीट्जरल्याण्डले राम्रो प्रदर्शन गरेको छ ।

पछिल्ला ६ म्याच जित्दै उत्कृष्ट र्फममा रहेको शंकेत भने गरेको छ ।

वेल्स र स्वीट्जरल्याण्ड अहिलेसम्म सात पटक भिड्दा वेल्सले २ पटक बाजि मारेको छ भने स्वीट्जरल्याण्डले ५ पटक बाजि मारेको छ ।

फिनल्याण्ड भर्सेस डेनमार्क

डेनमार्क टिमलाई युरो कपमा अपत्यारिलो प्रदर्शन गर्दै समिरकण विगार्न सक्ने टिमको रुपमा हेरिएको छ ।

फिनल्याण्डविरुद्ध डेनमार्क सधैं हावी भएको छ । तर, २०११ पछि यी दुई टिम पहिलो पटक भिड्दै छन् ।

२०२० मा कास्पर हुलमन्ड प्रशिक्षक भएपछि डेनमार्कको प्रदर्शनमा धेरै नै सुधार देखिएको छ ।

गत वर्ष नेसन्र लिगमा राम्रो प्रदर्शन पनि गरेको थियो । यसैगरी फिफा विश्वकप छनोट अन्तर्गतका तीन खेलमा अपराजित रहेको छ ।

युरोकप अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीलाई एक एकको ड्रमा रोकेको थियो भने बोस्निया हर्जगोविनालाई पराजित गरेको थियो ।

फिनल्याण्ड पहिलो पटक सर्वाधिक ठूलो प्रतियोगिता खेल्दै छ भने डेनमार्कको युरोकप नवौं पटक खेल्न लागेको छ ।

बेल्जियम भर्सेस रुस
बेल्जियम र रुस आमने सामने हुने छन् । बेल्जियमलाई उपाधिको दावेदार टिमको रुपमा पनि हेरिएको छ ।

१९९२ मा सोभियत संघ विघटन भएप्छि रुसले अहिलेसम्म बेल्जियमलाई पराजित गर्न सकेको छैन ।

बेल्जियमको उत्कृष्ट प्रदर्शन भनेको १९८० मा देखिएको थियो ।

त्यतिबेला टिम फाइनलमा पुगेको थियो । उक्त फाइनलमा जर्मनीसँग पराजित भएको थियो । रुस एक्लैले २००८ मा राम्रो प्रदर्शन गरेको थियो ।

त्यतिबेला टिम सेमिफाइनलमा पुग्दा स्पेनसँग पराजित भएको थियो । पछि उपाधि पनि स्पेनले जित्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey