Mega Bank

खेलाडीको प्रदर्शनबाट प्रशिक्षक अब्दुल्लाह सन्तुष्ट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 102 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अस्ट्रेलियाविरुद्ध नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।

शुक्रबार राति नेपाली टिम १० खेलाडीमा झरे पनि फिफा वरियतामा नेपाल भन्दा धेरै माथि रहेको अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक अब्दुल्लाहले प्रतिक्रिया दिएका हुन् । नेपाली टिमको प्रदर्शनबाट आफू खुशी रहेको उल्लेख गरेका छन् ।

उनले अस्ट्रेलियाविरुद्धको खेलमा नेपाली खेलाडीहरुले निकै नै मेहनत गरेको बताउँदै पहिलो हाफको शुरुमै गाल खाँदा र पछि १० खेलाडीले खेल्दा पनि उत्कृष्ट फाइट गरेको पनि बताए ।

नेपाली टिम अब रक्षात्मक मात्रै खेल्दैन भन्ने उदाहरण प्रस्तुत गरेको तर्फ शंकेत गर्दै प्रशिक्षक अल्मुताइरीले अवसर प्राप्त हुँदा काउन्टर एट्याकमा पनि जोड दिएको बताए ।

नयाँ खेलाडीहरुलाई समावेश गरेर विश्वकप तथा एशियनक कप छनोटका लागि कुवेत पुगेका प्रशिक्षक अब्दुल्लाहले मौका पाएका सबै खेलाडीले राम्रो प्रदर्शन गरेको पनि बताए ।

भर्खरै

Advertisement