युरो कप फुटबलमा इटलीको विजयी शुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 583 पटक हेरिएको

युरोकप फुटबलमा इटलीले विजयी शुरुवात गरेको छ ।

गएराति भएको उद्घादन खेलमा इटलीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । इटलीले २ गोल आफै गरेको थियो भने एक गोल उपहार पनि पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इटलीलाई जित दिलाउने सबै गोल दोस्रो हाफमा निस्किएका थिए । ५३ औं मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गरेपछि सोही गोलका कारण इटलीले अग्रता लिन सफल भयो ।

६६ औं मिनेटमा चिरो इमोबिलेले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । त्यसपछि ७९ औं मिनेटमा लोलेन्जो इन्गिसग्नेले गोल गरेपछि इटली ३–० गोल अन्तरको फराकिलो जित निकाल्न सफल भयो ।

इटलीको यो लगातार २८ औं जित पनि हो । २०१८ को सेप्टम्बर यता २८ खेलमा अपराजित रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey