अस्ट्रेलियाबिरुद्ध नेपाल २ गोलले पछाडि, रोहित चन्द रातो कार्ड पाउँदै मैदान बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 730 पटक हेरिएको

फिफा विश्वकप तथा एशियन कपको छनोट खेलमा अहिले नेपाल पहिलो हाफमा २–० गोलले पछाडि रहेको छ ।

कुवेत सिटी रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले छैटौं मिनेटमा पहिलो गोल खाएको थियो ।

अस्ट्रेलियाका लागि म्याथ्यु लेकिले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

अधिकांश समय नेपाली एरियामा बल राख्दै दबाव बनाएको अस्ट्रेलियाले ३७ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । कुलिङ ब्रेक लगत्तै नेपालले राम्रो मौका पाएको थियो । तर सुमन अर्यालले उक्त मौकालाई सदूपयोग गर्न सकेनन् ।

३७ औं मिनेटमा फ्रान्क केरिनेजले उत्कृष्ट फिनिसिङ गरेका थिए । लगत्तै किरनले उत्कृष्ट बचाउ गरेका थिए । ४४ औं मिनेटमा नेपालका रोहित चन्द रातो कार्ड पाउँदै मैदान छाड्दा नेपाल १० खेलाडीमा झरेको थियो ।
विश्वकप छनोटबाट नेपाल भने बाहिरिसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey