अस्ट्रेलियाविरुद्ध खेल्ने नेपालकाे प्लेयिङ सेट यस्ताे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 765 पटक हेरिएको

नेपालले आज फिफा विश्वकप तथा एशियन कप छनोटकालागि बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

कुवेत सिटी रंगशालामा खेल पौने १० बजे शुरु हुने छ ।

आजकाे खेलमा नवयुग श्रेष्ठ र सुनिल बल र सुमन लामा फर्वाडकाे रुपमा रहेका छन् । शुरुदेखि प्लेयिङ सेटमा रहँदै आएका अन्जन विष्ट र पछिल्लाे खेलमा शुरुमै मैदान प्रवेश गरेका अभिषेक रिजाललाई बेन्चमा राखिएकाे छ ।

यसैगरी यरिक विष्ट, पुजन उपरकाेटी र विशाल राईले स्थान बनाउँदा अघिल्लाे खेलमा रहेका सन्ताेषा तामाङ र विकास खवास भने बाहिर छन् ।

नेपाली टिम : नवयुग श्रेष्ठ, सुनिल बल , सुमन लामा, एरिक विष्ट, पुजन उपरकाेटी, विशाल राई, सुमन अर्याल, राेहित चन्द, अनन्त तामाङ, गाैतम श्रेेष्ठ र कप्तान किरण चेम्जाेङ ।

अस्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिम यस्तो रहेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey