रामाेसलाई सेभियाकाे ५ बर्षकाे प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 520 पटक हेरिएको

रियल मड्रिडका कप्तान सर्जियो रामोसको क्लवसँगको नयाँ सम्झौताका विषयमा अहिलेसम्म कुनै निचोड ननिस्किरहेका बेला सेभियाले भने पाँच बर्षको सम्झौताको प्रस्ताव गरेको छ ।

३५ बर्षे रामोसलाई सेभियाले पाँच बर्षका लागि नयाँ सम्झौताको प्रस्ताव राखेको स्पेनीस मिडियाले बताएका छन । सन् २००५ मा सेभियाबाट नै रियलमा अनुबन्ध भएका रामोसलाई युवा हुँदाको क्लवले फेरी स्वागत गर्न चाहिरहेको बताएको छ ।

रियलमा युवा अवस्थामा नै आएका रामोस सान्टियागोमा लेजेन्ड नै बनेका छन । तर उनको अहिलेको सम्झौता सकिने क्रममा हुँदा रियलले नयाँ सम्झौताका विषयमा भने कुनै चासो देखाएको छैन ।

अहिलेपनि क्लवले कुरा भइरहेको बताएको छ । तर खेलाडीको नयाँ ट्रान्सफर विन्डो खुल्ला हुने क्रममा रहेका बेला रामोसलाई सेभियाले तान्ने संभावना देखिएको छ ।

रामोसलाई युरोकपमा पनि टिम बाहिर राखिएको छ । स्पेनको कप्तान समेत रहेका उनलाई लुइस एनरिकले एकैपटक टिमबाट हटाएका छन ।
यदि उनी सेभियामा अनुबन्ध भएको खण्डमा उनले ४० बर्षसम्म फुटबल खेल्ने संभावना पनि रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal