वार्नर र स्टाेनीसले ‘द हन्ड्रेड’ क्रिकेटबाट नाम फिर्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 392 पटक हेरिएको

इंग्ल्याण्डमा पहिलो पटक हुन लागेको द हन्ड्रेड क्रिकेट प्रतियोगिताबाट दुई जना अष्ट्रेलियन क्रिकेट खेलाडीले नाम फिर्ता लिएका छन ।

जसमा डेविड वार्न र मार्कुस स्टोनीसले प्रतियोगिताबाट नाम फिर्ता लिएको इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कोरोनाको संक्रमणको त्रासले उनले प्रतियोगिता नखेल्ने निर्णय गरेका हुन । दुबै खेलाडी साउदर्न ब्रेभमा अनुबन्ध थिए ।

जुलाई २१ बाट सुरु हुने प्रतियोगिताका लागि अब वार्नर र स्टोनीसको स्थानमा टिमले अर्को खेलाडीलाई ल्याउने भएको छ ।

एक महिना चल्ने प्रतियोगितामा नेपाली खेलाडी सन्दिप लामिछानेपनि खेल्नेछन ।

टी २० ब्लास्ट खेल्न नपाएपनि सन्दिपले यो प्रतियोगिता भने खेल्नेछन । उनले ओभल इन्भिन्सिबलबाट प्रतियोगिता खेल्ने तयारीमा छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal