इंग्ल्याण्डका डिफेन्डर हेरीले युराे कपका सुरूवाती २ खेल गुमाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 580 पटक हेरिएको

इंग्ल्याण्डका डिफेन्डर हेरी मगुइराले युरो कपमा इंग्ल्याण्डले खेल्ने सुरुवाती दुई खेल गुमाउने भएका छन ।

पछिल्लो केहि महिना देखि चोटका कारण मैदान बाहिर रहेका हेरी इंग्ल्याण्ड टिमको प्रशिक्षणमा फर्किएपनि अझै खेल्न योग्य नभएको भन्दै इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटले क्रोयसिया र स्कटल्याण्डविचको खेलमा उनलाई आराम दिन भएका छन ।

चोटका बाबजुतपछि युरो टिममा परेका हेरीलाई प्लेइङ सेटमा राखेर कुनै चुनौती नलिने भन्दै प्रशिक्षक मगुइराले सुरुवाती ११ मा नराख्ने बताएका छन । उनलाई समुहको अन्तिम खेल चेक गणतन्त्रविरुद्धको खेलमा भने सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गराउन सक्ने संभावना रहेको छ ।

मे नौ पछि एंकलको लिगामेन्टमा चोट बोकेर टिमबाट बाहिरीएका हेरी विहिबार टिमसँग प्रशिक्षण गरेका थिए । तर उनी समुहको पहिलो खेल अन्तर्गत क्रोयसियासँग र स्कटल्याण्डसँग खेल्न नपाउने भएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey