गण्डकी प्रदेशकाे खेलकुद मन्त्रीबाट मनाङ्गे हटाइए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 605 पटक हेरिएको

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङ्गे)लाई पदमुक्त गरेका छन् ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा बहालवाला मन्त्री भएर पनि अनुपस्थित रहेका कारण उनलाई पद मुक्त गरिएको हो । मनाङ्गेलाई पद मुक्त गरेको पत्र मुख्यमन्त्री गुरुङले विहीबार राति नै सभामुखलाई बुझाएका थिए ।

मनाङ्गेले सम्हालेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैसँग राखेका छन् । तर, मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार भने ढलिसकेको छ ।

मुख्यमन्त्रीले मनाङ्गेलाई पदबाट हटाएको बताए पनि उल्टै मनाङ्गेले आफूले राजिनामा दिएको र विपक्षी गठबन्धनमा लागेर नयाँ सरकार निर्माणको अभियानमा रहेको बताएका छन् ।

मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित भएका मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै दोस्रो पटक मन्त्री बनाएका थिए । उनी पहिलो पटक ११ दिन मन्त्री भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal