युक्रेनकाे जर्सीमा लेखिएकाे ‘स्लाेगन’ हटाउन युइएफएकाे निर्देशन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 570 पटक हेरिएको

युरो कपका लागि तयार पारेको नयाँ जर्सीमा प्रयोग गरेको ‘ग्लोरी टु दी हिरोज’ भन्ने फ्रेजलाई हटाउन युरोपियन फुटबल महासंघले युक्रेनलाई आग्रह गरेको छ ।

पहिलो पटक युक्रेनले जर्सीमा नयाँ नक्सा बनाएको थियो । जसमा विवादास्पद रुपमा रहेको क्राइमियाको नक्सालाई पनि समावेश गरेको थियो । त्यसमा रसियाले आपत्ती जनाएको थियो ।

तर युरोपियन फुटबल महासंघले क्राइमियाको नक्सालाई राख्दा कुनै आपत्ती नभएको तर त्यसमा प्रयोग गरेको लाइनलाई भने हटाउन भनेको छ ।

जर्सीमा प्रयोग गरेको लाइन आर्मीमा समर्पित गरेको र त्यसले राजनितीक संकते गर्ने भन्दै हटाउन भनेको छ । यूइएफएले यूएनले मान्यता दिएको बोर्डर लाईनलाई जर्सीमा राख्न कुनै आपत्ती नभएको तर त्यसमा राखिएको भनाई भने उचित नभएको बताएको छ ।

युक्रेनले सो जर्सी सार्वजनिक गरेपछि रसियाले आपत्ती जनाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey