बाग्मती प्रदेशको नीति तथा कार्यक्रम : चितवनमा जीवराज आश्रित रंगशाला, परम्परागत खेलको संरक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 783 पटक हेरिएको

नेप्लेज । संघीयताको अभ्यास अनुसार बाग्मती प्रदेशले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सदनमा पेश भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले विहीबार हेटौंडामा रहेको प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

प्रदेश सरकारले पनि स्वास्थ्य र शिक्षामै आफ्ना नीति केन्द्रीत गरेको पाइएको छ । साथै खेलकूदलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

बाग्मती प्रदेशले परम्परागत खेलकुदको पहिचान र प्रवद्र्धन गर्ने नीति लिएको छ । यसैगरी समूदायस्तर देखि नै खेल र खेल संस्कृतिको विकास र प्रवद्र्धनका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि उल्लेख गरिएको छ । यसैगरी बाग्मती प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विशेष योगदान पु¥याएका खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई सम्मान र पुरस्कृत गर्ने नीति पनि लिएको छ ।

प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने नीति लिइएको छ भने निर्माण भइसकेका रंगशाला, कर्भडहलहरुको संरक्षण सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तह बीचको सहकार्य साझेदारीमा गर्ने व्यवस्था मिलाउने पनि उल्लेख गरिएको छ ।

यस्तै चितवनमा जीवराज आश्रित रंगशाला निर्माणका लागि सम्भाव्यता अध्यन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी भूगोल अनुसार विद्यालय र समूदायस्तरमा खेल मैदान निर्माण गर्ने कार्यलाई तीव्रता दिने पनि उल्लेख गरिएको छ ।

 

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal