टोकियोका ओलम्पिकमा छनोट भएका ८० प्रतिशत एथ्लिटले काेराेनाका खाेप लगाएकाे दाबी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 338 पटक हेरिएको

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले, टोकियोका लागि छनोट भएका ८० प्रतिशत एथ्लिट सवैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको बताएको छ ।

टोकियो ओलम्कि सुरु हुने एक महिना बाँकी रहँदा आइओसीले खेलाडीलाई खोप लगाउने विषयमा जोड दिएको हो । महामारीको जोखिमका बाबजुत जापानको राजधानी टोकियाले एक वर्षपछि सरेको ओलम्पिक २३ जुलाईबाट आयोजना गर्न तयार गर्दैछ ।

अधिकांश जापानी नागरिक र स्वास्थय विज्ञहरु भने ओलम्पिक आयोजनाको विरुद्धमा छन् । चिकित्सकले टोकियो ओलम्पिक कोरोना भाइरसको नया लहरको कारण बन्न सक्ने चेतावनी दिदै आएका छन । ओलम्पिक खेलका कार्यकारी निर्देशक क्रिस्टोफर दुबीले केही दिन अघि मात्र ७४ प्रतिशत एथ्लिटले खोप लगाएको घोषणा गरिएको र अहिले यो संख्या बढेको जानकारी दिए ।

हरेक देशको ओलम्पिक कमिटीसंग सम्पर्कमा रहेको र आफुहरुले गर्न सकिने सहयोगबारे सोधेको पनि उनले बनाए । टोकियो ओलम्पिकमा सहभागीता जनाउने दश हजार ९ सय खेलाडी मध्ये ८० प्रतिशतको छनोट निश्चित भइसकेको छ । बांकी खेलाडीको जुन अन्त्यसम्म टुंगो लागिसक्ने छ ।

पछिल्लो समय जापानमा भाइरस संक्रमण्मा बढीरहेको छ । करिब ११ प्रतिशत नागरिकले कम्तीमा एक डोज खोप लगाएका छन । जुन धनी राष्ट्रिको तुलनामा कम हो । केही राज्यमा लगाइएको संकटकाल २० जुनमा हटाइने सरकारले जानकारी दिएको छ । अन्तराष्ट्रिय समर्थकलाइ ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ ।

संचारकर्मीहरुलाइ १४ दिन सम्म जिपिएसको माध्यमबाट निगरानीमा राखिनेछ । नेपालबाट अहिलेसम्म पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र सुटिङकी कल्पना परियार गरी चार खेलाडीको सहभागिा पक्का भएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal